उपत्यकामा आइतबार सार्वजनिक बिदा

काठमाडौँ–सरकारले रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन आगामी आइतबार काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयद्वारा आज जारी सूचनाअनुसार उक्त दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय भएको हो ।